डिशहोममा १ वर्षको रिचार्ज गर्दा भिम बहादुर भट्टराईले जिते नगद एक लाख



काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् ।

यसै क्रममा भिमसेनथापा गाउपालिका ५ का निवासी भिम बहादुर भट्टराईले १ लाख रुपैयाँ जितेका छन् । भैरबी इन्टरप्रईजेज को डिलर अन्र्तरगत रहेको आरुघाट धादिंग का सह-बितरक श्रेष्ठ इलेक्ट्रोनिक्स का डिलर दाई धर्मेन्द श्रेष्ठ को मा एक वर्ष रिचार्ज गरेर भट्टराईले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका हुन् ।

डिशहोमको तर्फ वाट सिनियरसेल्स अफिसर मदन सापकोटा , सर्भिस सेन्टर कोदिनेटर सुमन खनाल ,सर्भिस सेन्टर सुपरभाइजर लक्ष्मी लामा , सिनियर प्राबिधिक सुपरभाइजर उपेन्द्र ओली , प्राबिधिक सुपरभाइजर सागर खड्का बाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरे । विजेता भट्टराईलाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि।टि।एच।का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास कम्पनीले लिएको छ ।


क्लिकमान्डु