विद्युत प्राधिकरणमा ५ सय २२ जनाका लागि जागिर खुल्यो



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३ तहदेखि १० तहसम्मका ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्राधिकरणले आज सूचना जारी गर्दै ५ सय २२ जना कर्मचारी विभिन्न पदनमा माग गरेको हो ।

प्राधिकरणले खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्तिका लागि सो संख्यामा कर्मचारी माग गरेको जनाएको छ ।

प्राधिकरणले १०औं तहमा ४ जना, ९औं तहमा ३ जना, ८औं तहमा ५ जना र ७औं तहमा ६४ जना कर्मचारीको माग गरेको छ । त्यसैगरी, ५औं तहमा मिटर रिडिङ सुपरभाइजर तहमा ३९ जना, लेखापाल प्रशासनमा ३५ जना, सुपरभाइजर प्राविधिक (इलेक्ट्रिकल)मा ६० जना, सुपरभाइजर मेकानिकलमा ७ जना, सुपरभाइजर सिभिलमा ५ जना र ड्राफ्टमेन सिभिलमा १ जना कर्मचारीको माग गरेको छ ।

त्यस्तै, ४औं तहमा प्रशासनतर्फ सिनियर मिटर रिडर ५८ जना, लेखापालमा ६३ जना, फोरमेन इलेक्ट्रिकल ६९ जना, फोरमेन मेकानिकलमा १४ जना, फोरमेन सिभिलमा ६ जना र ३औं तहको इलेक्ट्रिसियनमा ८१ जना, जुनियर मिस्त्रि ६ जना र जुनियर टेक्निसियन २ जना गरी ५ सय २२ जना कर्मचारीको माग गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणअनुसार अन्तवार्ता र लिखित परिक्षा हुने भएकाले आगामी असोज २० गतेसम्म आवेदन दिन सक्नेछन् । साथै, दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्राधिकरणले अधिकृत स्तर (१० तहक) का लागि २ हजार रुपैयाँ, ९ तहका लागि १६ सय, ८ तहका लागि १४ सय, ७ तहका लागि १२ सय रुपैयाँ आवेदन शुल्क तोकेको छ । तर, एक उम्मेदवारले एउटै पदको एकभन्दा बढी समूहमा सुहभागी हुने भएमा ८ देखि १० तहका लागि थप ५ सय र ७ तहका लागि ४ सय थप दस्तुर लाग्नेछ ।

त्यसैगरी, प्राधिकरणले ५ तहका लागि ८ सय, ४ तहका लागि ७ सय र ३ तहका लागि ६ सय रुपैयाँ आवेदन शुल्क लाग्नेछ । साथै, एउटा आवेदकले एउटै पदका लागि एकभन्दा बढी समूहमा सहभागी हुने भएमा ५ तहका लागि ३ सय, ४ र ३ तहका लागि २ सय थप दस्तुर लाग्नेछ ।


क्लिकमान्डु