सेञ्चुरी बैंकको नयाँ ब्याजदर सार्वजनिक, १४.१४% सम्म ब्याज पाइने



काठमाडौं । असोज महिनामा सेञ्चुरी बैंकको ब्याजदर बढ्ने भएको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ । रेमिट्यान्स खातामा १४.१३ प्रतिशत पुगेको छ । यसका लागि निक्षेपकर्ताले न्यूनतम १० हजारको खाता खोल्नुपर्ने छ ।

यस्तै संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

हाल बैंकको आधारदर १०.४० प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर जोडिने छ । बैंकबाट कर्जा लिँदा १७.४० प्रतिशतसम्म ब्याज लाग्ने छ ।


क्लिकमान्डु