हिमालयन बैंकले सार्वजनिक गर्यो बढेको ब्याज, कुनमा कति ?



काठमाडौं । हिमालयन बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरे अनुसार असोजमा ब्याजदर बढेको छ । नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ ।

व्यक्तिगत मुद्दती निक्षेपमा १०.०३ देखि १२.१३ प्रतिशतसम्म ब्याज पाइने छ । त्यसका लागि भने विभिन्न शर्तहरु रहेका छन् ।
संस्थागत तर्फ भने १०.६३ प्रतिशत रहेको छ ।

बचत तर्फ ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बचतमा जिरो ब्यालेन्स देखि निश्चित रहम राखेर खाता खोल्न सकिने बैंकले जनाएको छ । हाल बैैंकको आधारदर ९.८८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु