माछापुच्छ्रे बैंकको नयाँ ब्याजदर सार्वजनिक, बचतमै १०.१३% ब्याज पाइने



काठमाडौं । माछापुच्छ्रे बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर बढेको छ । नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ । बैंकमा तीन महिनदेखि १ वर्ष वा सो भन्दा बढी अवधिमा लागि निक्षेपमा पैसा राख्दा १२.१३ प्रतिशत ब्याज पाइने छ ।

संस्थागत तर्फ भने १०.१३ प्रतिशत रहेको छ । विप्रेषण मुद्दती निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज पाइनेछ । बचत तर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।


क्लिकमान्डु