एनआईसी एशिया बैंकद्वारा घातक रोग बीमा गर्नेलाई २० लाख भुक्तानी



काठमाडौं । एनआईसी एशिया बैंकले बचत खाता खोलेका २ जना ग्राहकलाई घातक रोग बीमा वापत २० लाख रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको जनाएको छ । बैंकको नेपालगन्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेका सुजन शाह र तिनचुली शाखामा सोही खाता खोलेका स्व. महेश कपालीको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

बैंकले उक्त बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको जनाएको छ । बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका १ हजार ७३३ जना भन्दा बढी ग्राहकलाई घातक रोग बीमा वापत २ करोड ६० लाख, दुर्घटना बीमा वापत ७० लाख र मेडिकल बीमा वापत ३ करोड ३१ लाख गरी ६ करोड ६१ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।


क्लिकमान्डु