
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशी मुद्राको सञ्चिति १२ करोड डलरले घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामै रेमिट्यान्समा दोहोरो अंकको वृद्धि हुँदा समेत विदेशी मुद्राको सञ्चिति घटेको हो ।
गत आर्थिक वर्षको असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति चालु आवको साउन मसान्तमा ९ अर्ब ४२ करोड पुगेको छ ।
नेपाल आयल निगमले गत जेठदेखि भारतीय आयल कर्पोरेशनलाई रकम भुक्तानी नगर्दा जेठदेखि विदेशी मुद्राको सञ्चिति बढेको थियो । तर साउनमा निगमले भारतीय आयल कर्पोरेशनलाई ३० अर्ब रुपैयाँ भुक्तानी गरेपछि रेमिट्यान्समा वृद्धि हुँदा समेत विदेशी मुद्राको सञ्चितिमा गिरावट आएको हो ।
प्रतिक्रिया