एनआईसी एशिया बैंकको खातामा ‘भिसा डाइरेक्ट’ मार्फत सोझै रकम पठाउन सकिने



काठमाडौं । एन आई सी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट ‘भिसा डाइरेक्ट’ मार्फत सोझै रकम पठाउन सकिने सेवाको सुरु गरेको छ ।

बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै आफ्ना ग्राहक यो सेवाको सुरुवात गरेको जनाएको छ । अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहक महानुभावहरूले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् र यस सेवा अन्तर्गत विश्वका कुनै पनि ‘भिसा डिरेक्ट’ प्लेटफर्म मार्फत रकम पठाउँदा बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ ।

विदेशी तथा स्वदेशी ग्राहकले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीमार्फत बैंकले जारी गरेको १६ अंकको भिसाा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्नेछन् ।

विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकको चाहनालाई मध्यनजर गर्दै बैंकले ल्याएको यस नवीन सेवाले रेमिटेन्स सम्प्रेषणलाई सहज बनाउने विश्वास बैंकले लिएको छ ।

बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।


क्लिकमान्डु