सेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्दै



काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । लामो समय देखिएको गिरावट पनि बजारमा हरियाली छाउने क्रम सुरु भएको छ । बजार मापन गर्ने सूचक बढ्दा कारोबार रकम पनि बढ्न थालेको छ ।

यो दिन बजार मापन गर्ने सूचक ४७.४४ अंकले बढेर परिसूचक १९८१.४८ बिन्दुमा रोकिएको छ । कारोबारको सुरुदेखि नै बजारले सुधारको संकेत लिएको थियो । जुन अन्तिम समयसम्म पनि कायमै रह्यो । जसले गर्दा बजारमा हरियाली छाएको छ ।
यो दिन २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता सेयर १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ रुपैयाँको सेयर किनबेच भएको छ । केही दिन कारोबार रकम १ अर्ब भन्दा तल झरेको थियो । कारोबार रकम बढ्दा लगानीकर्तामा पनि उत्साह बढेको जानकार लगानीकर्ताको भनाइ छ ।

बजारमा हरियाली छाउँदा सबै समूहको उपसूचकमा सुधार देखिएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक २४.४६, विकास बैंक १६०.८९, वित्त कम्पनी ९७.१३, जलविद्युत ७८.६१, जीवन बीमा १३३.२०, उत्पादन तथा प्रशोधन १११.७५, माइक्रोफाइनान्स १०६.३३, निर्जीबन बीमा समूहको उपसूचक ११६.९६ अंकले बढेको छ ।

बजारमा हरियाली छाउँदा ग्रिन डेभलपमेन्ट बैंकको कारोबारमा सकारात्मक सर्किट लागेको छ । यस्तै लिबर्टी इनर्जी कम्पनी, यूनाइटेड मोदी हाईड्रो, सामुदायिक लघुवित्त वित्तीय संस्था, गोर्खाज फाइनान्सका लगानीकर्ताले कमाएका छन् ।
कारोबारमा एनआईसी एसिया फिक्स क्याप फण्ड, एनआईबीएल प्रगति फण्ड, सनराइज फस्ट म्यूचुअल फण्ड, सानिमा लार्ज क्याप फण्ड, मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा यो दिन नलिब बैंक अग्रस्थानमा रहेको छ । बैंकको ६ करोड ५१ लाख ६९ हजार ३२८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा गोर्खाज फाइनान्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ ।


क्लिकमान्डु