सेयर बजारमा हरियाली, बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । बजारमा हरियाली छाँउदा पनि कारोबार रकम भने उल्लेख्य रुपमा बढ्न सकेको छैन । बजार मापन गर्ने सूचक २१.३० अंकले बढेर परिसूचक १९३४.०४ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.८३ अंकले बढेर ३७६.१७ बिन्दुमा रोकिएको छ । २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर ९२ करोड २५ लाख ७४ हजार ४१० रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

बैंकिङ समूहको १०.९१, विकास बैंक ६०.०३, वित्त कम्पनी ३४.११, जलविद्युत २०.७८, जीवन बीमा ९६.२२, उत्पादन तथा प्रशोधन ९०.६५, माइक्रोफाइनान्स ५३.५८, निर्जीबन बीमा समूहको उपसूचक ५८.७७ अंकले बढेको छ । बजारमा हरियाली छाउँदा बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

मैलुङखोला जलविद्युत कम्पनी, सानिमा लार्ज क्याप फण्ड, युनिभर्सल पावर कम्पनी, रिभर फल्स पावरका लगानीकर्ताले कमाएका छन् भने सामुदायीक लघुवित्त वित्तीय संस्था, यूनाईटेड आईडीआई मार्दी आरबी हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको ५ करोड ९४ लाख ८९ हजार २४५ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा रिडी हाईड्रोपावर र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन् ।


क्लिकमान्डु