५ वटा क्यासिनोले बुझाए महानगरपालिकामा कर, कसले कति तिरे ?



काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न संस्थाबाट अहिलेसम्म मनोरञ्जन करबापत ८४ लाख बढीको राजस्व संकलन गरेको छ ।

महानगरको राजस्व विभागकाअनुसार काठमाडौं फनपार्क र विभिन्न क्यासिनोले अहिलेसम्म ८४ लाख ३४ हजार ९३१ रुपैयाँ कर बुझाएका हुन् ।

भदौ १५ गते पत्र काटेपछि काठमाडौं फनपार्कले १६ गते १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन कर तिरेको थियो । त्यसपछि महानगरले विभिन्न क्यासिनोलाई भदौ १९ गते मनोरञ्जन कर तिर्न भन्दै पत्र काटेको थियो ।

जसमध्ये डेल्टीन क्यासिनोले २३ गते २१ लाख ४२ हजार, क्यासिनो प्यालेस अन्नपूर्ण-होटलले २८ गते ११ लाख ८५ हजार, प्राइड इन्टरटेन्मेन्ट एण्ड रिक्रिएसन हायातले २८ गते ९ लाख ८९ हजार, माजोङ्ग इन्टरटेन्मेन्ट होटल सोल्टीले ९ लाख ९३ हजार तथा बेलीज क्यासिनो मल्ल होटलले २३ गते १३ लाख ८८ हजारसमेत गरि ८४ लाख ३४ हजार ९३१ रुपैयाँ कर बुझाएका छन् ।

क्यासिनो र्‍याट र रोयल क्यासिनो याक एण्ड यति हाल सञ्चालनमा नरहेको महानगरले जनाएको छ ।


क्लिकमान्डु