‘नेप्लाई’ ब्रान्डमा फर्निचर सामग्री बिक्री गर्दै आएको भागवत लेमिनेट्सले ७८ करोडको व्यापार



काठमाडौं । ‘नेप्लाई’ ब्रान्डमा फर्निचर सामग्री बिक्री गर्दै आएको भागवत लेमिनेट्सले एकै वर्ष ७८ करोड १० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ७८ करोड रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ६४ करोड ८० लाख रुपैयाँ, सन् २०२० मा ४८ करोड ३० लाख रुपैयाँ र सन् २०१९ को ५ महिनाको अवधिमा १४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१६ मा दर्ता भई सन् २०१९ को फेब्रअरीबाट उत्पादन गरी बजारमा ‘नेप्लाई’ ब्रान्डमा प्लाईउड, प्लेउड, प्लेबोर्ड डोर र भिनिरजस्ता प्लाईउडजन्य सामग्री उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

झापाको मेचिनगर गाउँपालिकामा रहेको कम्पनीले वार्षिक ३४ लाख २० हजार स्क्वायर मिटर प्लाइउड र १२ लाख पिस लेमिनेट्स उत्पादन गर्दै आएको छ ।

विनित अग्रवालको ४० प्रतिशत, रजनिस कर्नानीको १५ प्रतिशत र निर्मल कर्नानीको १५ प्रतिशत हिस्सा रहेको कम्पनीमा अन्य ४ जना बोर्ड सदस्य छन् ।

कम्पनीले विशेषगरी प्लाई उत्पादन गर्न उत्तिसको रुखालाई कच्चा पदार्थको रुपमा प्रयोग गर्दै आएको छ । साथै, कम्पनीले प्लाईउडलाई आवश्यक कमिकल, अधेसिभ र फेस भिनिर भारतलगायत अन्य देशबाट आयात गरी उत्पादन गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १० करोड रुपैयाँको रेटिङ गराएको छ । कमपनीले दीर्घकालीन कर्जाका लागि ५५ करोड रुपैयाँ एलबीबी माइनस र अल्पकालीन कर्जाका लागि ५५ करोड अर्थात् एफोर रेटिङ पाएको छ ।


क्लिकमान्डु