बैंकिङ प्रणालीमा भित्रियो साढे ७ अर्ब बढी निक्षेप, कर्जा प्रवाह बढ्दै



काठमाडौ । एक सातामा बैंंकिङ प्रणालीमा साढे ७ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह ६ अर्ब ८६ करोड रुपैयाँ बढेको छ ।

बैंकर्स संघका अनुसार भदौ २४ गतेसम्म बैंकिङ प्रणालीमा ४४ खर्ब ४४ अर्ब ९७ करोड रुपैयाँ निक्षेप रहेको छ । एक साताको अवधिमा ७ अर्ब ५२ करोड रुपैयाँ निक्षेप थपिएको हो । भदौ १७ गतेसम्म ४४ खर्ब ३७ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो ।
यो साता प्रणालीमा निक्षेप बढ्नुका साथै कर्जा प्रवाह पनि बढेको छ ।

यो साता कर्जा ६ अर्ब ८६ करोड रुपैयाँले बढेको छ । भदौ १७ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ८१ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेकामा भदौ २४ गतेसम्म आइपुग्दा कर्जा प्रवाह ६ अर्ब ६८ करोड रुपैयाँले बढेर ४१ खर्ब ८८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यो साता भने बैंकिङ प्रणालीमा निक्षेप थपिदाँ कर्जा प्रवाह पनि बढेको तथ्याङकले देखाएको छ ।


क्लिकमान्डु