श्रीजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट



काठमाडौं । श्रीजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको सेयर माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथा माध्यममार्फत सेयर बाँडफाँट गरिएको छ । कुल ३६ हजार ८५९ जना लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओमा १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएकामा १ हजार ३१५ जनाको आवेदन रद्द भएको छ ।

भदौ १५ देखि कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन भएको थियो । जसमा १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ५ हजार ४७० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याएर ३ लाख ६८ हजार ५९० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

लगानीकर्ताले आईपीओको नतिजा बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट, श्रीजनशील लघुवित्त वित्तीय संस्थाको वेबसाइट, सीडीएससीले आईपीओको नतिजा हेर्न बनाएको वेबसाइट मेरो सेयर मार्फत थाहा पाउन सकिनेछ ।


क्लिकमान्डु