कमिशनको खेलमा ल्याउन लागेको स्टक आवश्यक छैन, पुँजी बजारको विकासमा बाधा पर्छः सांसद दाहाल



काठमाडौं । सांसद कृष्ण प्रसाद दाहालले कमिसनको खेलमा सरकारले नयाँ स्टक एक्सचेञ्ज ल्याउन लागेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले कमिशनको खेलमा ल्याउन लागेको नयाँ स्टक आवश्यक नरहेको बताए । कमिसनको खेलमा सरकारले नयाँ स्टक ल्याउन खोजेको उनको आरोप छ ।

‘कमिसनको खेलमा लागेर नयाँ स्टक ल्याउने हो भने पुँजी बजारको विकास र उन्नतिमा बाधा पर्छ’ उनले भने ‘भएको स्टक एक्सचेञ्जलाई सुदृढ गरियोस । आधुनिकीकरण गरियोस । नयाँ स्टकको आवश्यक छैन । यदि त्यसो गर्न लागेको हो भने रोकियोस भन्ने आग्रह गर्न चाहन्छु ।’

उनले सरकारले अहिले भएको स्टक एक्सचेञ्जलाई सक्षम, सबल बनाउनु पर्नेमा नयाँ स्टक एक्सचेञ्ज ल्याउन खोज्नु बजारको हितमा नभएको दाबी गरे ।

अर्थ समितिका सभापति समेत रहेका दाहालले पछिल्लो समय सेयर बजार घटेर कारोबार रकम १ अर्बमा सिमित हुन थालेको स्मरण गराए ।


क्लिकमान्डु