माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एम-स्मार्ट बचत खाता



काठमाडौं । माछापुच्छ्रे बैंले अत्याधुनिक प्रविधिमा आधारित एम स्मार्ट बचत बचत खाता संचालनमा ल्याएको छ ।

उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर बैंकको मोबाईल बैंकिंग एम स्मार्ट बाट माछापुच्छ्रे बैंकमा खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाइरहेको अहिलेको परिवेशमा खाता खोल्नका लागि बैंकसम्म पुग्नुपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको जनाएको छ ।

माछापुच्छ्रे बैंकले ग्राहकलाई बैंकसम्म आउनु नै नपर्ने गरि मोवाइल बैंकिङ्ग एपमार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा लोन एगेन्ट एफडी सहज र सरल तरिकाबाट आफूले चाहेको समयमा लिन सक्ने गरि आफ्ना सेवा सुविधाहरुलाई डिजिटल माध्यममा रुपान्तरण गरिसकेको बैंकले जनाएको छ ।

साथै बैंकको मोवाईल बैंकिङ्ग एप एमबीएल एम स्मार्ट एप बचतमा आफैंले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिस्ट्रेसन गर्न सकिने, मोवाईल फोनबाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी क्यु आर भुक्तानी गर्न मिल्ने , विभिन्न मोबाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाहरु रहेको बैंकले जनाएको छ । बैंकले एमबीएल एम स्मार्ट लाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप मार्फत नवीतम सुविधाहरु थप्दै ल्याइरहेको बैंकले जनाएको छ ।


क्लिकमान्डु