१० अर्बमा मुकेश अम्बानीले दुबईमा खरिद गरेको महल कस्तो छ ?



एजेन्सी । भारतका अर्बपति व्यवसायी मकेश अम्बानीले दुबईमा झनै १० अर्र्ब मूल्य बराबरको महंगो घर खरिद गरेको पाइएको छ । समाचार प्रकाशित भएसँगै यसबारे चर्चा शुरु भएको छ ।

संसारभरका विभिन्न सञ्चार माध्यमले ‘दुबईमा अहिलेसम्मकै सबैभन्दा महँगो घरको सम्झौता चर्चामा’ शीर्षकका समाचार प्रकाशित गरेका छन् ।

ब्लुमगवर्गदेखि खालिज टाइम्ससम्म उक्त समाचारले स्थान पाएको छ ।

सो घरको लागत करिब ८ करोड डलर ( झण्डै १० अर्ब रुपैयाँ ) बराबर रहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार यो घरको खरिद रिलायन्स इन्डस्ट्रिजलाई भनिएको छ । मुकेश अम्बानी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष हुन् ।

इकोनोमिक टाइम्सले सम्झौतासँग सम्बन्धित दुई व्यक्तिलाई उदृत गर्दै यो समाचार लेखेको छ ।

अखबारले लेखेको छ, ‘दुबईको पाम जुमेराको यो सम्पत्ति यस वर्षको सुरुमा मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीका लागि किनिएको थियो ।’

समुद्र तट उक्त भवनमा हात आकारको मानव निर्मित टापु समूहको उत्तरीतर्फ छ । भवनमा १० वटा शयन कक्ष, एउटा निजी स्पा, इनडोर र आउटडोर पूलहरू छन् ।

स्थानीय मिडियामा यो भवन बेचेको चर्चा छ, तर यसको खरिदकर्ता को हो भन्ने स्पष्ट नभएको बताइएको छ ।

दुबई धनीहरूको बीचमा लोकप्रिय स्थानको रूपमा चर्चित छ । यसको पछाडिको ठूलो कारणका रुपमा उपलब्ध हुने गोल्डेन भिसा नै भएको बताइएको छ । त्यसका साथै विदेशीले घर किन्ने प्रक्रियामा खुकुलो पार्नुका साथै अन्य देशका मानिसहरू पनि यहाँ लगानी गर्न आकर्षित भएका छन् ।

बेलायती फुटबलर डेभिड बेकह्याम आफ्नी श्रीमती भिक्टोरियासँग र बलिउडमा किंग खान भनेर चिनिने शाहरुख खान पनि अम्बानीको घरका छिमेकी हुनेछन् ।

अनन्त अम्बानी मुकेश अम्बानीका तीन सन्तानमध्ये कान्छो हुन् । मुकेश अम्बानीले अब बिस्तारै आफ्नो व्यवसायको लगाम आफ्ना छोराछोरीलाई सुम्पिरहेका छन् ।

अम्बानी परिवारले रियल इस्टेटमा आफ्नो संलग्नता बढाइरहेको छ । अखबारसँग कुरा गर्ने एक स्रोतका अनुसार मुकेश अम्बानीका तीनै सन्तानले आफ्नो दोस्रो घरको विकल्पको रूपमा पश्चिमी देशहरूलाई हेरिरहेका छन् ।

गत वर्ष, रिलायन्सले बेलायतस्थित स्ट्रोक पार्क लिमिटेडसँग ४७९ मिलियनमा सम्झौता गरेको थियो ।

उक्त व्यक्तिले नाम न छाप्ने सर्तमा भने कि आकाशकी जुम्ल्याहा बहिनी ईशा अम्बानीका लागि न्यूयोर्कमा आफ्नो लागि घर खोजिरहेकी छिन् ।

मुम्बईमा रहेको मुकेश अम्बानीको घर एन्टिलिया भारतको सबैभन्दा प्रसिद्ध भवनहरू मध्ये एक हो । कूल २७ तले घरमा तीनवटा हेलिप्याड, १६८ कार पार्किङ र ५० सिटको चलचित्र थिएटर छन् । यस बाहेक एन्टिलियामा भव्य बलरूम र ९ लिफ्टहरू पनि छन् ।

उनले दुबई सम्पत्ति सम्झौताका सम्बन्धमा रिलायन्ससँग सम्पर्क गर्ने प्रयास गरे पनि कम्पनीबाट कुनै प्रतिक्रिया नआएको अखबारले लेखेको छ ।

रिलायन्स इन्डस्ट्रिजले दुबईमा ८० मिलियन डलरको बिच साइड भिला किनेको छ ।

उनको परिवारले विदेशमा आफ्नो घर जग्गा खरिदको प्रक्रिया अगाडि बढाउँदै आएको छ ।

मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजले दुबईमा भिलाको खरिदपछिको रहस्यका बारेमा सनसनीपूर्ण समाचारका बारेमा पनि अनेकन आशंका व्यक्त गरिएको छ ।

शहरको सबैभन्दा ठूलो आवासीय सम्पत्ति सम्झौता र त्यससँग सम्बन्धित व्यक्तिका बारेमा भने केही बताइएको छैन ।

पाम जुमेरा भिल्लाहरुको शहरको रुपमा चिनिदै आएको छ । संसारका अर्बपति तथा सेलीब्रेटीका लागि उक्त स्थान विशेष गरी परिचत र बस्नका लागि खास बन्दै गएको छ । समुन्द्र तटमा रहेको उक्त स्थानमा अन्यत्र भन्दा गर्मी पनि कम हुने छ ।

विदेशीहरूका लागि घरको स्वामित्वमा पनि उत्तिकै सहजीकरण गरिएको छ । त्यहाँको सरकारले गरेको सहजीकरणका कारण विश्वभरका मानिसहरु उक्त तटमा केन्द्रीत भएका छन् । दुबईले अगाडि सारेको सरल र सहज नीतिका कारण उक्त स्थानमा थप अर्बपतिहरु आकर्षित हुने विश्वास लिइएको छ ।

आरामदायी एवम् सर्व सुविधा सम्पन्न भिल्ला बनाएर बिक्री गरिने र सम्पत्तिको स्रोतमा समेत खासै खोजी नगरिने भएकाले पनि धेरैको आकर्षण उक्त स्थानमा भएको हो ।

ब्लूमबर्ग बिलिनेयर्स इन्डेक्सका अनुसार अनन्त अम्बानीको ९३.३ बिलियन डलर सम्पत्तिका तीन उत्तराधिकारीमध्ये एक हुन् ।

विश्वको ११औं स्थानमा रहेका धनी व्यक्ति, अहिले ६५ वर्षको भए । उनले बिस्तारै बिस्तारै आफ्ना सन्तानलाई हरित ऊर्जा, प्रविधि र ई-कमर्समा आफ्नो साम्राज्य विस्तार गर्ने विविधीकरणको प्रयासपछि लगाम सुम्पिएका छन् ।

अम्बानी परिवार किन विदेशमा घर जग्गा खरिदमा लागिपरेको छ भन्ने बारेमा पनि भारतमा उत्तिकै चर्चा हुने गरेको छ ।

गत वर्ष, रिलायन्सले बेलायतमा स्टोक पार्क लिमिटेड खरिदका लागि गरेको खर्चको हिसाब पनि उस्तै ठूलो थियो ।

जहाँ जर्जियन-युगको महल रहेको मानिन्छ । उक्त भहल जेठो छोरा आकाशको लागि हो । उनलाई हालै टेलिकम अपरेटर रिलायन्स जियो इन्फोकम लिमिटेडको अध्यक्ष नियुक्त गरिएको थियो ।


क्लिकमान्डु