नेपाल लाइफका २४ वटा शाखा तथा उपशाखा गाभिने, २ वटा स्थानान्तरण



all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका हाल सञ्चालनमा रहेका २४ वटा शाखा/उपशाखा कार्यालय गाभिने भएका छन् । कम्पनीकाअनुसार २ वटा शाखा कार्यालय स्थानान्तरण हुने भएका छन् ।

कम्पनीले आज एक सूचना जारी गर्दै भदौ १२ गतेदेखि यी शाखा÷उपशाखा कार्यालय गाभ्ने तथा स्थानान्तरण हुने जानकारी दिएको छ ।

बाग्मती प्रदेशअन्तर्गत रहेका हालका कलंकी, त्रिपुरेश्वर, बल्खु, कालिमाटी शाखा कार्यालय कालिमाटी शाखामा गाभिने भएका छन् ।

थानकोट शाखा गर्जुधारामा, गोदावरी शाखा हरिसिद्धिमा, छहरे शाखा नुवाकोटमा, हाकिमचोक शाखा नारायाणगढमा गाभिने भएका छन् । यस्तै, मेलम्ची शाखा चौतारामा स्थानान्तरण हुने छ ।

१ नम्बर प्रदेशका धुलावारी शाखा कार्यालय काँकरभिट्टा शाखा कार्यालयमा गाभिने भएको छ ।

मधेश प्रदेशअन्तर्गत रहेका सिमरा शाखा जितपुरमा, हरिवन शाखा लालबन्दीमा र रामगोलापुर शाखा गौशाला शाखामा गाभिने भएका छन् ।

गण्डकी प्रदेशको दलदले शाखा कार्यालय अरूणखोलामा स्थानान्तरण हुने कम्पनीले जनाएको छ ।

लुम्बिनी प्रदेशको त्रिवेनी शाखा बर्दघाटमा गाभिने भएको छ । यस्तै, सुदुरपश्चिम प्रदेशको आइआरबिडी शाखा कार्यालय बेलौरीमा गाभिने कम्पनीले जानकारी दिएको छ ।

गाभिने तथा स्थानान्तरण हुने शाखा कार्यालयबाट कारोबार हुने ग्राहकहरूलाई गाभ्ने तथा स्थानान्तरण भएका शाखा तथा उपशाखा कार्यालयबाट कारोबार सुचारू गर्न समेत कम्पनीले आग्रह गरेको छ ।


क्लिकमान्डु