७ लघुबीमा कम्पनी स्थापना गर्दै बीमा समिति, न्यूनतम चुक्ता पुँजी ७५ करोड, आवेदन दिने समय ३५ दिन



काठमाडौं । बीमा समितिले ७ वटा लघुबीमा कम्पनी स्थापना गर्ने भएको छ । यसका लागि समितिले इच्छुक व्यक्ति तथा लगानीकर्तालाई ३५ दिनभित्र आवेदन दिन समेत भनेको छ ।

न्यून आय भएका तथा लक्षित वर्गका जनतामा समेत बीमाको पहुँच पुर्याउने उद्देश्यले ३ वटा जीवन र ४ वटा निर्जीवन बीमा लघुबीमा कम्पनी स्थापनाको काम अघि बढाइएको समितिको भनाइ छ ।

सरकारले चालु आवको बजेटमा समेत लघुबीमा कम्पनी स्थापना गर्ने उल्लेख गरेको छ ।

समितिका अनुसार लघु बीमा कम्पनीको चुक्ता पुँजी प्रस्ताव गर्दा कम्तीमा ७५ करोड रुपैयाँ नघट्ने गरी प्रस्ताव गर्नुपर्नेछ । साथै, प्रस्तावित संस्थापकहरुले एकै किसिमको बीमा व्यवसाय गर्ने बीमा कम्पनीमा प्रतिहिस्सेदाारी रहेको भए वा हुने गरी त्यस्तो लगानी गर्न नपाइने समितिको भनाइ छ ।

लघु बीमकको कर्पोरेट कार्यालय काठमाडौं उपत्यका बाहिर प्रदेश स्तरमा रहनुपर्नेछ भभने छनोट भएका प्रस्तावमध्ये बीमा समितिले कुनै खास प्रदेशमा मुख्य कार्यालय रहने गरी तोक्न सक्नेछन ।


क्लिकमान्डु