सिटिजन्स बैंकको तीज अफर, लकर सेवामा आकर्षक छुट



काठमाडौं । सिटिजन्स बैंकले महिलाहरुलाई लक्षित गर्दै तीजको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुट योजना ल्याएको छ ।

यो योजना अन्तर्गत बैंकले भदौ महिनामा लकर शूल्कमा ७० प्रतिशत र लकर कि डिपोजिटमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यस्ता छुटहरुको सुविधा ग्राहकले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरुबाट प्राप्त गर्न सक्नेछन् ।

यो सुविधा बापत बैंकका ग्राहकले आफ्ना गरगहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाणपत्र राहदानी र अन्य मूल्यवान वस्तुहरू सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सकिने छ ।

यसका साथै बैंकले ग्राहकको सहजताका लागी बैंकले निस्शुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु धेरै पहिले देखि नै प्रदान गर्र्दै आएको छ । बैंकले हाल १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १४ लाख ४६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु