सेयर बजारमा सामान्य सुधार, तीन हाईड्रोपावरको कारोबारमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक १.८१ अंकले बढेर परिसूचक २०५४.९५ बिन्दुमा रोकिएको छ । निकै उतार चढाबका बीचमा पनि बजारमा सामान्य सुधार देखिएको छ ।

मंगलबारको कारोबारमा २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता सेयर १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ४.९८, जलविद्युत ०.६०, जीवन बीमा ८.५८, उत्पादन तथा प्रशोधन २९.३७, ट्रेडिङ समूहको उपसूचक १०.९४ अंकले बढेको छ ।

यस्तै विकास बैंक १४.७६, वित्त कम्पनी ६.०७, होटल ३७.४७, माईक्रोफाइनान्स ११.५४, निर्जीबन बीमा समूहको उपसूचक ५.०२ अंकले घटेको छ । कारोबारमा रु रु जलविद्युत परियोजना मदांकिनी हाईड्रोपावर र अपर हेवाखोला हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा सिद्धार्थ इक्विटी फण्ड, एभरेष्ट बैंकको संस्थापक सेयर, सिटिजन्स म्यूचुअल फण्ड-१ का लगानीकर्ताले गुमाएका छन् । कारोबार रकमका आधारमा हिमाल दोलखा हाईड्रोपावर कम्पनी अगाडि रहेको छ ।

कम्पनीको १४ करोड २१ लाख ८९ हजार ७३७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः रिडी पावर कम्पनी, अपी पावर कम्पनी रहेको छ ।


क्लिकमान्डु