जीवन बीमा कम्पनीका कर्मचारीको बोनस घट्यो, १७ कम्पनीले करिब ३३ करोड छुट्याए



काठमाडौं । जीवन बीमा कम्पनीका कर्मचारीको बोनस घटेको छ । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये १७ वटाले कर्मचारी बोनस व्यवस्थाका लागि ३२ करोड ९७ लाख १५ हजार रूपैयाँ छुट्याएका छन् ।

जुन अघिल्लो आवको तुलनामा २३.५६ प्रतिशतले कम हो । अघिल्लो १९ जीवन बीमा कम्पनीहरूले कर्मचारी बोनस व्यवस्थाका लागि ४३ करोड १३ लाख २९ हजार रूपैयाँ छुट्याएका थिए ।

नेपाल लाइफ र एलआईसी नेपाल गत आवमा नोक्सानीमा छन् । नोक्सानीमा गएका यी दुवै कम्पनीले कर्मचारीका लागि बोनस छुट्याएका छैनन् ।

नेपाल लाइफले अघिल्लो आवमा कर्मचारी बोनस व्यवस्था शीर्षकमा ६ करोड ८५ लाख ७० हजार रूपैयाँ छुट्याएको थियो ।

एलआईसीले अघिल्लो आवमा कर्मचारी बोनस व्यवस्थाका लागि २ करोड ६४ लाख ३५ हजार रूपैयाँ छुट्याएको थियो ।

तथ्यांकअनुसार गत आवमा ६ वटा जीवन बीमा कम्पनीको कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याएको रकम घटेको छ ।

गत आवमा सूर्या लाइफ, यूनियन लाइफ, प्रभु लाइफ, मेट लाइफ, एशियन लाइफ र प्राइम लाइफका कर्मचारीले पाउने बोनस घटेको हो ।

गत आवको तुलनामा सूर्या लाइफको कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याएको रकम ३२.७४ प्रतिशत, यूनियन लाइफको ९०.२३ प्रतिशत, मेट लाइफको २७.४० प्रतिशत, प्रभु लाइफको ५७.४३ प्रतिशत र प्राइम लाइफको २८.६१ प्रतिशतले घटेको हो ।

नेशनलले छुट्यायो सर्वाधिक, सन नेपालको शतप्रतिशत बढ्यो

महालक्ष्मी लाइफ, रिलायन्स लाइफ, रिलायबल नेपाल लाइफ, गुराँस लाइफ, सानिमा लाइफ, एशियन लाइफ, राष्ट्रिय बीमा संस्थान, आइएमई लाइफ, सिटिजन लाइफ र ज्योति लाइफका कर्मचारीले पाउने बोनस बढेको छ ।

कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार कर्मचारी बोनस व्यवस्थाका लागि धेरै रकम छुट्याउने कम्पनीमा नेशनल लाइफ परेको छ । नेशनलले गत आवमा ५ करोड ३२ लाख रूपैयाँ छुट्याएको छ । अघिल्ला आवमा इन्स्योरेन्सले ४ करोड ८२ लाख रूपैयाँ छुट्याएको थियो ।

गत आवमा मेट लाइफले कर्मचारी बोनस व्यवस्थाका लागि ३ करोड ७ लाख ३४ हजार रूपैयाँ छुट्याएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आवमा कर्मचारी बोनस व्यवस्थाका लागि २ करोड ७४ करोड ८७ लाख रूपैयाँ छुट्याएको छ । गत आवमा ज्योतिले २ करोड ६५ लाख ७७ हजार रूपैयाँ छुट्याएको छ । अघिल्लो आवमा इन्स्योरेन्सले कर्मचारी बोनस व्यवस्थाका लागि १ करोड ४४ लाख ४६ हजार रूपैयाँ छुट्याएको थियो ।

सिटिजन लाइफले २ करोड ९ लाख १८ हजार रूपैयाँ छुट्याएको छ । अघिल्लो आवमा इन्स्योरेन्सले कर्मचरी बोनस व्यवस्थाका लागि २ करोड ८ लाख ८० हजार रूपैयाँ छुट्याएको थियो ।

गत आवमा प्राइमले कर्मचारी बोनस व्यवस्थाका लागि २ करोड ४४ लाख ५४ हजार रूपैयाँ छुट्याएको छ ।

अघिल्लो आवको तुलनामा सन नेपाल लाइफको कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याएको रकम १०२.२६ प्रतिशतले वृद्धि भई २ करोड ३८ लाख ४५ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवमा इन्स्योरेन्सले कर्मचारी बोनस व्यवस्थाका लागि १ रकोड १७ लाख ८९ हजार रूपैयाँ छुट्याएको थियो ।

महालक्ष्मी लाइफले १ करोड २० लाख, रिलायन्स लाइफले १ करोड ३५ लाख ७० हजार रूपैयाँ, रिलायबल नेपाल २ करोड ७४ लाख ८७ हजार रूपैयाँ छुट्याएका छन् ।

गुराँस लाइफले १ करोड ७५ लाख ११ हजार रूपैयाँ, सानिमा लाइफले १ करोड ७६ लाख ७९ हजार रूपैयाँ, राष्ट्रिय बीमा संस्थानले ५७ लाख ७०हजार रूपैयाँ, आइएमई लाइफले १ करोड ५० लाख रूपैयाँ छुट्याएका छन् ।


क्लिकमान्डु