सनराइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता 



काठमाडौं ।  सनराइज  बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्रमा कर्जा सुरक्षण गर्न सम्झौता भएको छ ।

सम्झौतापत्रमा सन्राइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरे । 

सम्झौताअनुसार सनराइज बैंकले लघु वित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत बिना धितो सामूहिक जमानीमा लगानी गर्ने प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति ७ लाखसम्म धितो जमानीमा ऋण दिने गर्ने छ ।

यस्तै प्रतिव्यक्ति २० लाखसम्म वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत लगानी गर्ने, कोषको पूर्व सहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामुहिक जमानीमा लगानी गर्ने र १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्ने छ । 

सम्झौतापछि  निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत लघुवित्त तथा विपन्न वर्ग कर्जा तथा कोषले तोकेको व्यवसाय क्षेत्रमा सन्राइज बैंकले लगानी गरिएका कर्जाको जोखिम  न्यूनीकरण हुने जनाएको छ ।


क्लिकमान्डु