माछापुच्छ्रे बैंक र फेकनबीच सम्झौता



काठमाडौ । माछापुच्छ्रे बैंक र फेकनबीच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल  तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गरे । 

सम्झौता पश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाइ बैंकले शैक्षिक कर्जा एवम्  अन्य आवश्यक बैंकिङ्ग सेवा सरल र सहज रुपमा उपलब्ध गराउने छ ।

बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आवद्ध कन्सल्टेन्सीहरुलाई निक्षेप खाता,  शैक्षिक कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहरुमा बिशेष सहुलियत प्रदान गर्नेछ । साथै उक्त सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहक महानुभावहरुले फेकनसँग आवद्ध कन्सल्टेन्सीहरुबाट  सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न सक्नेछन् । 

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा तथा २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ  ।


क्लिकमान्डु