नेपाल इन्स्योरेन्समा भएको संस्थापक सेयर लिलामी गर्दै आइएमई समूह



काठमाडौं । आइएमई समूहले नेपाल इन्स्योरेन्समा भएको संस्थापक सेयर लिलामी प्रकृयाबाट बिक्री गर्ने भएको छ ।

कम्पनीले भदौ ८ देखि २२ गतेसम्म २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक सेयर प्रतिकित्ता न्यूनतम ३२५ रुपैयाँमा बिक्री गर्न लागेको हो । उक्त संस्थापक सेयरमा सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन् ।

उक्त लिलामी सेयर न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन भदौ २२ गते सम्म रहेको छ ।

उक्त सेयर खरिद गर्न आवेदकले ग्लोबल आइएमई बैंकको बिर्तामोड, झापा, हनुमानदास रोड, विराटनगर ,मोरङ, जनकपुरधाम धनुषा ,आर्दशनगर वीरगञ्ज, पर्सा, हैटौडा मकवानपुर, नारायणगढ चितवन ,न्यूरोड पोखरा कास्की, मिलनचोक बुटवल, रुपन्देही ,बाग्लुङ्ग बजार बाग्लुङ्ग ,त्रिभुवन चोक नेपालगञ्ज , बाँके,विरेन्द्रनगर सुर्खेत,घोराही दाङ,धनगढी कैलाली र महेन्द्रनगर कञ्चनपुर शाखामा आवेदन दिनुपर्ने छ ।

उक्त सेयर बिक्री गर्न भन्दै कम्पनीले असार २४ गते ३५ दिन लागि सूचना प्रकाशित गरेको थियो । उक्त अवधिमा माग अनुसार आवेदन नपरेपछि पुनः सूचना प्रकाशित गरेको कम्पनीले जनाएको छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु