राष्ट्रिय बीमा संस्थानको नाफा साढे २७ % ले बढ्यो



काठमाडौं । गत आर्थिक वर्षमा राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३९ करोड १९ लाख ८१ हजार रूपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.६९ प्रतिशतले धेरै हो ।

अघिल्लो आवमा संस्थानले ७ अर्ब ५८ करोड १३ लाख १८ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

अघिल्लो आवको तुलनामा इन्स्योरेन्सको खुद नाफा २७.५० प्रतिशतले बढेर ७ करोड १७ लाख ५९ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवमा इन्स्योरेन्सले ५ करोड ६२ करोड ८२ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।

गत आवमा इन्स्योरेन्सले पुनर्बीमा कमिसन आयबाट १ करोड २० लाख, लगानी, कर्जा तथा अन्य आयबाट २ अर्ब ९६ करोड ४० लाख रूपैयाँ र बीमालेखको धितोमा कर्जाबाट १५ करोड ३३ लाख २९ हजार रूपैयाँ आम्दानी गरेको छ ।

संस्थानले गत आवमा ३ अर्ब ९३ करोड ४१ लाख रूपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा इन्स्योरेन्सले ३ अर्ब १९ करोड रूपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा संस्थाले अभिकर्ता कमिसन शीर्षकमा १८ करोड ६० लाख रूपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा संस्थानले यस शीर्षकमा २६ करोड ८८ लाख रूपैयाँ खर्च गरेको थियो ।

१८ करोड १० लाख २० हजार रूपैयाँ चुक्ता पुँजी रहेको संस्थानको जगेडा तथा कोषमा ४१ करोड ३८ लाख ८९ हजार रूपैयाँ र जीवन बीमा कोषमा ३७ अर्ब ४१ करोड ९१ लाख रूपैयाँ सञ्चित छ ।


क्लिकमान्डु