प्रभु क्यापिटलले ग्राहकका लागि ल्यायो विशेष अफर



काठमाडौं । प्रभु क्यापिटलले ग्राहकहरुलाई विशेष अफर ल्याएको छ । यसका लागि कम्पनीले एक्सप्रेस इट्ससँग सम्झौता समेत गरेको छ ।

जसअनुसार क्यापिटलका ग्राहकले ग्राहकले एक्सप्रेस इट्सबाट अनलाइन अर्डर गरी सेवा लिँदा १० प्रतिशत छूट पाउने छन् । यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट वा बिल पेमेन्ट गर्दा PRABHUCAP10 प्रोमो कोड प्रयोग गर्नुपर्नेछ ।

यसैगरी क्यापिटलका हितग्राही ग्राहकले रोडहाउस पिज्जा वत्तिसपुतली, काठमाडौंबाट सेवा लिँदा पनि १० प्रतिशत छूट पाउने भएका छन् । यसका लागि चेक आउट तथा बिल भुक्तानी गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ ।
हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु