सिटिजन लाइफको खुद बीमाशुल्क ४५% ले बढ्यो, नाफामा सामान्य सुधार



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा ५ अर्ब १ करोड ४२ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४५.५९ प्रतिशतले धेरै हो ।

अघिल्लो आवमा इन्स्योरेन्सले ३ अर्ब ४४ करोड ४१ लाख २० हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा इन्स्योरेन्सको खुद नाफामा भने सामान्य सुधार आएको छ । गत आवमा इन्स्योरेन्सले १८ करोड ८२ लाख ६५ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा इन्स्योरेन्सले १८ करोड ७९ लाख २६ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सले गत आवमा पुनर्बीमा कमिशन आयबाट १ करोड ८९ लाख ३ हजार रूपैयाँ, लगानी, कर्जा तथा अन्य आयाबाट ५२ करोड १७ लाख ३२ हजार, र बीमालेखको धितोमा कर्जाबाट २ करोड ८२ लाख रूपैयाँ आम्दानी गरेको छ ।

गत आवमा इन्स्योरेन्सले अभिकर्ता कमिशनमा ८२ करोड ६८ लाख रूपैयाँ खर्च गरेको छ ।

२८ हजार वटा कुल दाबी भुक्तानीवापत १२ लाख ८० हजार रूपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यस्तै, १२४ वटा बीमा दाबीवापत ३ लाख ६० हजार रूपैयाँ भुक्तानी गर्न बाँकी छ ।

१ अर्ब ७५ करोड रूपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ८७ करोड १६ लाख रूपैयाँ र जीवन बीमा कोषमा ५ अर्ब ८१ करोड ८१ लाख रूपैयाँ सञ्चित छ ।


क्लिकमान्डु