मेट लाइफको नाफा २९.४५% ले घट्यो, खुद बीमाशुल्क ५ अर्ब नजिक



काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेट लाइफ)ले गत आर्थिक वर्षमा करीब ५ अर्ब रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवमा इन्स्योरेन्सले ५४ अर्ब ९८ करोड ६२ लाख ४१ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो ।

इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा खुद बीमाशुल्क ३.५० प्रतिशतले बढाएको हो । अघिल्लो आवमा इन्स्यारेन्सले ४ अर्ब ८१ करोड ७४ लाख ६० हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

गत आवमा इन्स्योरेन्सको खुद नाफा भने २९.४५ प्रतिशतले घटेर २४ करोड ७६ लाख ८८ हजार रूपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा इन्स्योरेन्सले ३५ करोड १० लाख ९१ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले चालु आवको पुसमसान्तसम्ममा पुनर्बीमा कमिशनबाट १३ करोड ७५ लाख ८३ हजार रूपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट १ अर्ब ६२ करोड १७ लाख ३० हजार रूपैयाँ र बीमालेख धितोमा कर्जाबाट १२ करोड ४३ लाख ५३ हजार रूपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले यस अवधिमा अभिकर्ता कमिशन खर्च शिर्षकमा ४८ करोड ७९ लाख रूपैयाँ खर्च गरेको छ ।

इन्स्योरेन्सको जीवन बीमा कोषमा २० अर्ब ४४ करोड ४९ लाख रूपैयाँ र जगेडा कोषमा २ अर्ब ६२ करोड ६१ लाख रूपैयाँ सञ्चित छ ।

गत आवमा इन्स्योरेन्सले १० हजार ५११ वटा बीमा दाबीवापत कुल ४ अर्ब ६ करोड १९ लाख रूपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यस्तै, कम्पनीले ४३६ वटा दाबी भुक्तानीवापत ७१ करोड ६७ लाख रूपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।


क्लिकमान्डु