प्रभु लाइफको नाफा ५७.४३% ले घट्यो, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । गत आर्थिक वर्षमा प्रभु लाइफ इन्स्योरेन्सको नाफा ५७.४३ प्रतिशतले घटेको छ ।

अघिल्लो आवको असार मसान्तमा कम्पनीको नाफा १७ करोड ६ लाख ३१ हजार १९ रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आवको सोही अवधिमा कम्पनीको नाफा ७ करोड २६ लाख ३८ हजार १४८ रुपैयाँ रहेको छ ।

२ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४२ करोड ९६ लाख १३ रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३ अर्ब ३ करोड ७१ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म कम्पनीले २ अर्ब २९ करोड ३४ लाख ८९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले दाबी भुक्तानी गर्न बाँकी रकम १ करोड ६२ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६३ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ १३ पैसा रहेको छ ।


क्लिकमान्डु