नेपाल इन्स्योरेन्सको नाफा ८३.३०% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्म नाफा ८३.३० प्र्तिशतले बढाएर ३२ करोड ८९ लाख ६१ हजार रुपैयाँ पुर्याएको छ ।

जुन अघिल्लो आवको सोही अवधिमा ३० करोड ६४ लाख ७० हजार रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको पुनर्बीमा कमिशनबाट हुने आय २२ करोड ९ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा १८ करोड ४३ लाख २२ हजार रुपैयाँ रहेको थियो ।

१ अर्ब ३७ करोड ८९ लाख ९६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३९ करोड ४८ लाख ६३ रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीले बीमा कोषको आकार ३९ करोड ४८ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा कम्पनीले ६९ करोड ८१ लाख १७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले दाबी भुक्तानी गर्न बाँकी रकम ९५ करोड ५३ लाख ७ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८६ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ६० पैसा रहेको छ ।


क्लिकमान्डु