सानिमा जनरल इन्स्योरेन्सको नाफा ९८.६४% ले बढ्यो, भुक्तानी हुन बाँकी रकम कति ?



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्म १४ करोड ४९ लाख ५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९८.५६ प्रतिशतले बढी हो ।

अघिल्लो आवको असार मसान्तमा कम्पनीको नाफा ७ करोड २९ लाख ४७ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको पुनर्बीमा कमिशनबाट हुने आय २० करोड ३४ लाख ६३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा १३ करोड ४ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।

१ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १५ करोड १४ लाख १८ रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीले बीमा कोषको आकार १६ करोड ४३ लाख ८६ हजार रुपैयाँ पुगेको छ । यस्तै महाबिपत्ति जगेडा कोषमा १ करोड ३७ लाख ४६ रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म आइपुग्दा कम्पनीले २७ करोड ७६ लाख ६२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले दाबी भुक्तानी गर्न बाँकी रकम ४२ करोड ७६ लाख ९० हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी वार्षिक १४ रुपैयाँ ४९ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ९५ पैसा रहेको छ ।


क्लिकमान्डु