दूर दराजमा बीमाको पहुँच पुग्छ, लाइसेन्स दिन मन्त्रीले दबाब दिँदैनः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा ऐनलाई संशाेधन गर्न बनेको बीमा विधेयक-२०७५ जारी भएपछि नेपालको दूर दराजसम्म बीमाको पहुँच पुग्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बीमा विधेयक-२०७५ का विषयमा भएको छलफलमा मन्त्री शर्माले बीमक समस्याग्रस्त भएको के गर्ने भन्ने व्यवस्था विधेयकमा रहेको बताए । उनले बीमा क्षेत्रलाई दूर दराजसम्म पुर्याउने काम विधेयक व्यवस्था गरेको समेत दाबी गरे ।

अर्थ समितिले बीमा विधेयक सबैसँग छलफल गरेर पहिले नै प्रतिवेदन तयार पारेको उनको भनाइ छ । मन्त्री शर्माले स्वास्थ्य सेवा ऐनमा भएको व्यवस्थालाई यो ऐनले असर नपारेको समेत दाबी गरे । बीमा प्राधिकरणलाई स्वायत्त संस्थाका रुपमा परिभाषित गरेको र लाइसेन्स दिन दबाब नदिने मन्त्री शर्माले जिकिर गरे ।

प्राधिकरण बनेपछि बीमा क्षेत्रमा देखिएका विकृति हटने मन्त्रीको दाबी छ । गरिबका लागि बीमा कोषमा अनुदान जाने मन्त्रीको तर्क छ । अहिले बीमाको पहुँच ४२ प्रतिशत जनतामा पुगेको छ । सोमबारको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक २०७९ पारित गरेको छ ।


क्लिकमान्डु