नेपाल लाइफ इन्स्योरेन्स ३५ करोडले घाटामा, ७७ करोड नोक्सानीलाई छुट्यायो



all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स गत आर्थिक वर्षमा ३५ करोड २७ लाख रुपैयाँले घाटामा गएको छ ।

नेपाल लाइफले प्रकाशित गरेका गतवर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार नोक्सानी व्यवस्थाको लागि ७७ करोड ८० लाख रुपैयाँ छुट्याएको कारण घाटामा गएको हो ।

अघिल्लो वर्ष नेपाल लाइफ ५३ करोड ५९ लाख रुपैयाँले नाफामा थियो । नेपालले लाइफले अहिले निकालेको वित्तीय विववरण बीमांकीय मूल्यांकन अगाडि हो । बीमांकीय मूल्यांकनपछि भने कम्पनीको नाफा तथा घाटामा हुने रकम फरक पर्छ ।

८ अर्ब २० करोड चुक्ता पुँजी रहेको नेपाल लाइफको बोनस सेयर वितरण गर्दै गएको कारण रिजर्भ रित्तिन लागेको छ ।

अघिल्लो वर्ष ७१ करोड रिजर्भमा रहेकोमा यो वर्ष २८ करोडमात्र रहेको छ । यद्यपी चुक्ता पुँजी,बीमाशुल्क आर्जन तथा बीमा कोषको आधारमा नेपाल लाइफ पहिलो स्थानमा रहेको कम्पनी हो ।

नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब रुपैयाँ छ । गत आर्थिक वर्षमा नेपाल लाइफले ३४ अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

जीवन बीमा कम्पनीहरुमा यो सबैभन्दा बढी हो । अघिल्लो वर्ष ३१ अर्ब ९६ करोड रुपैयाँ नेपाल लाइफले बीमाशुल्क आर्जन गरेको थियो ।


क्लिकमान्डु