साना किसान लघुवित्तले कमायो ७० करोड ८३ लाख नाफा



काठमाडौं । गत आर्थिक वर्षमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले ७० करोड ८३ लाख २९ रूपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १७.४५ प्रतिशतले धेरै हो ।

अघिल्लो वर्ष साना किसानले ६० करोड ३१ लाख ११ हजार रूपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी १०.६८ प्रतिशतले बढेर १ अर्ब ३४ करोड ७३ लाख रूपैयाँ पुगेको छ । अघिल्लो आवमा संस्थाको खुद ब्याज आम्दानी १ अर्ब २१ करोड ७३ लाख रूपैयाँ थियो ।

गत आवमा कम्पनीको सञ्चालन नाफा १६.३९ प्रतिशतले बढेर १ अर्ब ९७ लाख रूपैयाँ पुगेको छ । अघिल्लो आवमा संस्थाको सञ्चालन मुनाफा ८६ करोड ७५ लाख ३९ हजार रूपैयाँ थियो ।

साना किसानको चुक्ता पुँजी २५ प्रतिशतले बढेर १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रूपैयाँ पुगेको छ ।

जगेडा कोषमा १ अर्ब ६८ करोड १७ लाख रूपैयाँ सञ्चित भएको छ । लघुवित्तको सापटी २४.५३ प्रतिशत र कर्जा २२.७३ प्रतिशत बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४५.२८ रूपैयाँ छ ।


क्लिकमान्डु