सिभिल बैंकका ग्राहकहरुलाई थप २९ साझेदार मार्फत विशेष छुटको व्यवस्था

105
Shares

काठमाडौं । सिभिल बैंकले थप २९ वटा साझेदार मार्फत सेवाग्राहीलाई थप सेवा दिने भएको छ ।

थप २९ वटा साझेदारहरुसँग समन्वय गरी ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको जनाएको छ । सिभिल बैंकका ग्राहकले उक्त २९ वटा साझेदारहरुबाट विभिन्न बस्तु वा सेवा उपभोग गरी बैंकको बिद्युतिय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट–मोवाइल बैंकिङ्ग एप’ अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा विभिन्न छुट पाउनेछन् ।

बैंकले हालसम्म विभिन्न ६९ साझेदारहरुसंग सहकार्य गरेर ग्राहकलाई छुट प्रदान गरेको छ । बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादुर विष्टले बताए ।

आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् ।