अभियान लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका निष्कासन गरेको साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समय भित्र आवेदन दिइसक्नुपर्ने छ । ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ९ करोड ७५ लाख रुपैयाँको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको हो । जसमा ४८ हजार ७५० कित्ता सामुहीक लगानी कोष र १२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपीओमा न्यूनतम १० देखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।


क्लिकमान्डु