बजारसँगै इन्डेक्स घट्दा पनि बलेफी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकम पनि घटेको छ । बजार मापन गर्ने सूचक ३८.६१ अंकले घटेर परिसूचक २१४८.१६ बिन्दुमा रोकिएको छ ।

यो दिन इन्डेक्स मात्रै नभएर कारोबार रकम समेत घटेको छ । २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता सेयर ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको २०.०६, विकास बैंक १००.५०, वित्त कम्पनी ५८.२५, जलविद्युत ५८.०७, जीवन बीमा १६७.८३, उत्पादन तथा प्रशोधन समूहको ७१.८५, माइक्रोफाइनान्स समूहको ८०.६१, निर्जीबन बीमा समूहको उपसूचक ४८.१३ अंकले घटेको छ ।

बजारमा दोहोरो अंकको गिरावट आएपनि बलेफी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु