इन्फिनिटी लघुवित्तले कमायो १५ करोड नाफा



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १५ करोड २ लाख १३ हजार रूपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.१४ प्रतिशतले धेरै हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १२ करोड ६० लाख ८६ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.८१ प्रतिशतले बढेर ३४ करोड ५९ लाख ७७ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवको यसै अवधिमा लघुवित्तले २७ करोड ५० लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको कुल सञ्चालन आम्दानी २७.९७ प्रतिशत बढेको छ । गत आवमा कम्पनीको कुल सञ्चालन आम्दानी ३५ करोड १६ लाख ८४ हजार रूपैयाँ थियो ।

कम्पनीको सञ्चालन मुनाफा १५.८४ प्रतिशतले बढेको छ । गत आवमा लघुवित्तको सञ्चालन मुनाफा २१ करोड ६० लाख रूपैयाँ थियो । अघिल्लो आवको यसै अवधिमा संस्थाको सञ्चालन मुनाफा १८ करोड ६५ लाख रूपैयाँ मात्रै थियो ।

लघुवित्तको प्रतिसेयर आम्दानी ३६.२४ रूपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको सापटी १३.०८ प्रतिशत, निक्षेप ६१.८८ प्रतिशत र कर्जा ५३.९५ प्रतिशतले बढेको छ ।

४१ करोड ४५ लाख १३ हजार रूपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २४ करोड ५४ लाख ४१ हजार रूपैयाँ सञ्चित छ ।


क्लिकमान्डु