सेयर बजारमा गिरावट, हाईड्रोमा लगानीकर्ताको ध्यान



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ६.७१ अंकले घटेर परिसूचक २१८६.७७ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६४ अंकले घटेर ४२०.४९ बिन्दुमा रोकिएको छ । २१८ कम्पनीको ९५ लाख ४२ हजार ६०७ कित्ता सेयर ४ अर्ब २ करोड ९९ लाख ४ हजार २५१ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ९.९१, विकास बैंक २३.६०, वित्त कम्पनी १.३५, जीवन बीमा ७३.७२, उत्पादन तथा प्रशोधन १३.१८, निर्जीबन बीमा ८६.२९, अन्य समूहको उपसूचक १८.२३ अंकले घटेको छ ।

यस्तै जलविद्युत समूहको उपसूचक ४२.७०, माइक्रोफाइनान्स ७.४१, टे«डिङ समूहको उपसूचक ८६.६८ अंकले बढेको छ ।
कारोबारमा सामालिङ पावर कम्पनी, बलेफी हाईड्रोपावरको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु