अभियान लघुवित्तको साधारण सेयर निष्कासन, कहिलेसम्म दिने आवेदन ?
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका साधरण सेयर आइपीओ निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ९ करोड ७५ लाख रुपैयाँको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको हो । जसमा ४८ हजार ७५० कित्ता सामुहीक लगानी कोष र १२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।
बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपीओमा न्यूनतम १० देखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
आइपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ १ गतेसम्म आवेदन दिन सकिने छ ।
लगानीकर्ताले सि–आस्वा प्राप्त सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।