१२ वाणिज्य बैंकमध्ये ११ को नाफा बढ्दा एउटाको घट्यो, औसत नाफा करिब ३० प्रतिशत



काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुको नाफामा राम्रो सुधार हुने देखिएको छ ।

हालसम्म १२ वटा वाणिज्य बैंकले असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । जसअनुसार बैंकहरुको नाफा २९.८९ प्रतिशत बिन्दुले बढेको छ ।

१२ वटा बैंकको नाफा गत आवमा ३३ अर्ब ७१ करोड ६२ लाख ८८ हजार रुपैयाँ पुगेको छ । जबकी अघिल्लो आवको सोही अवधिमा बैंकहरुको नाफा २५ अर्ब ९५ करोड ५९ लाख ३० हजार रुपैयाँ थियो ।

१२ वटामध्ये ११ वटा बैंकको नाफा बढेको छ भने एउटा बैंकको नाफा घटेको छ ।

गत आवको शुरुमै वाणिज्य बैंकहरुले गरेको आक्रमक कर्जा बिस्तारको सकारात्मक प्रभाव बैंकको नाफामा देखिएको छ ।

कोरोना महामारीपछि उद्योग धन्दा खुल्दा गत आवको शुरुको ३ महिना बैंकहरुले आक्रमकरुपमा कर्जा विस्तार गरेका थिए ।

उक्त समयमा आयात पनि धेरै भएको थियो । आयात बढ्दा बैंकहरुबाट जाने कर्जा बढेको थियो । तर, पछिल्लो समय भने बैंकको लगानीयोग्य रकम (तरलता) अभाव भएपछि बैंकहरुबाट जाने कर्जामा केही संकुच भने देखिएको थियो ।

तर, आर्थिक वर्षको पहिलो त्रैमासमा गरेको आक्रमक कर्जा बिस्तारका कारण बैंकहरुको नाफा बढेको बैंकर्सहरुको भनाइ छ ।

वित्तीय विवरण प्रकाशित गरेका बैंकमध्ये सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ । बैंकले असार समान्तसम्म ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ थियो । जुन २५ प्रतिशतले बढी हो ।

एनआइसी एशिया बैंकले असार मसान्तसम्ममा ४ अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.८६ प्रतिशतले बढी हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले असार मसान्तसम्म ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको । बैंकले अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ छ । जुन १४.८३ प्रतिशतले बढी नाफा हो ।
प्रभु बैंकले २ अर्ब ६० करोड ३ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.१० प्रतिशतले बढेको छ ।

सिटिजन्स बैंकले गत आवमा २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.७६ प्रतिशतले बढेको छ ।

माछापुच्छ्रे बैंकले गत आवमा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३४.४२ प्रतिशतले बढी छ ।

यस्तै सनराइज बैंकको नाफा ४८.६९ प्रतिशतले बढेर २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

लक्ष्मी बैंकको नाफा भने थोरै अंकले बढेको छ । एक वर्षको अवधिमा बैंकको नाफा १.७६ प्रतिशतले बढेर १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

एनसीसी बैंकको नाफा पनि एक वर्षको अवधिमा ५१.९७ प्रतिशतले बढेर २ अर्ब २ करोड २२ लाख २२ हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

स्टयान्डर्ड चार्टर्ड बैंकको नाफा पनि ६२.२६ प्रतिशतले बढेर २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३९ करोड ८८ लाख ५३ हजार रुपैयाँ थियो ।

एभरेष्ट बैंकले एक वर्षको अवधिमा बैंकको नाफा ४३.७६ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ६० लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ७७ करोड ९ लाख ३९ हजार रुपैयाँ थियो ।

सानिमा बैंकको नाफा भने घटेको छ । एक वर्षको अवधिमा बैंकको नाफा १.०७ प्रतिशतले घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ ।


क्लिकमान्डु