सन् २०२३ मा विश्वमा आर्थिक मन्दी हुने आईएमएफको प्रक्षेपण, भारतलाई मन्दीले नछुने



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२३ मा विश्वभर आर्थिक मन्दी हुन सक्ने प्रक्षेपण गरेको छ ।

आईएमएफले प्रकाशित गरेको वर्ल्ड इकोनोमिक आउटलुक अपडेट–२०२२ मा विश्वको आर्थिक वृद्धिदर सन् २०२२ मा ३.२ हुने र सन् २०२३ मा घटेर २.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।

जबकी सन् २०२१ मा ६.१ प्रतिशतको आर्थिक वृद्धिदर थियो । तर कोरोना महामारीले असर पारेको सन् २०२० मा भने विश्वको आर्थिक वृद्धिदर ३.१ प्रतिशतले नकारात्मक थियो ।

आईएफएमका अनुसार एड्भान्स इकोनोमिक भएका मुलुकहरु अमेरिका, यूरो एरिया (जर्मनी, फ्रान्स, इटली, स्पेन), जापान, बेलायत, क्यानडालगायतका देशको आर्थिक वृद्धिदर समग्रमा सन् २०२२ मा २.५ प्रतिशत र सन् २०२३ मा १.४ प्रतिशत रहनेछ ।

त्यसैले इमर्जिङ मार्केट र डेभलपिङ इकोनोमिक भएका देशहरु चीन, भारत, रुस, ब्राजिल, मेक्सिको, साउदी अरेबिया, नाइजेरिया, दक्षिण अफ्रिकालगायतका देशको आर्थिक वृद्धिदर सन् २०२२ मा ३.६ प्रतिशत र सन् २०२३ मा ३.९ प्रतिशतको हुने प्रक्षेपण छ ।

जसमा सन् २०२२ मा भारतको आर्थिक वृद्धिदर ७.४ प्रतिशत र सन् २०२३ मा ६.१ प्रतिशतको आर्थिक वृद्धिदर हुने आईएमएफको प्रक्षेपण छ । जुन अन्य देशहरुको तुलनामा सबैभन्दा हुने आईएमएफको प्रक्षेपण छ ।

आईएमफले सन् २०२२ मा इमर्जिङ मार्केट र डेभलपिङ देशहरुमा मुद्रास्फीति १० प्रतिशतसम्म पुग्न सक्ने बताएको छ ।

आईएमएफले ग्लोबल ट्रेड ग्रोथ सन् २०२२ र २०२३ मा अपेक्षाभन्दा कम हुन सक्ने बताएको छ । पछिल्लो समय अमेरिकी डलरको भाउ बढेका कारणले यसले विश्व व्यापार माग र आपूर्ति कम हुन सक्ने आईएमएफको प्रक्षेपण छ ।


क्लिकमान्डु