वैदेशिक रोजगारीमा मृत्यु भएका वा अशक्तका सन्तानलाई छात्रवृत्तिको अवसर



काठमाडौं । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार छात्रवृत्तिका लागि आवेदन खुल्ला गरेको छ ।

बोर्ड सचिवालयले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका, पूर्णरुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारका बालबालिकालाई लक्षित गर्दै असोज मसान्तसम्मका लागि आवेदन खुल्ला गरेको हो ।

बोर्ड सचिवालयले छात्रवृत्तिका लागि श्रम स्वीकृति लिई वैदेशिक रोजगारी गई मृत्यु वा अंगभंग वा बिरामी भई वैदेशिक रोजगार बोर्डबाट शतप्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरी हुनुपर्ने आधार तोकेको छ ।

त्यसैगरी, सामूदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तरका १८ वर्ष मुनिका बालबालिकहरूले मात्र निवेदन दिन सक्नेछन् ।

बोर्ड सचिवालयअनुसार बालबालिकाले वार्षिकरुपमा आधारभूत तहका लागि ८ हजार र माध्यमिक तहका लागि १२ हजार प्रदान गरिनेछ ।

साथै, एकजना विद्यार्थीलाई एउटा कक्षामा १ पटकका लागि मात्र वार्षिक रुपमा एकमुष्ठ वैदेशिक रोजगार छात्रवृत्ति उपलब्ध गराइनेछ ।


क्लिकमान्डु