रेमिट्यान्स पठाएको प्रमाणपत्रको आधारमा विभिन्न सुविधा दिने राष्ट्र बैंकको घोषणा



काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारी गएका नेपालीहरूले रेमिट्यान्स पठाएको प्रमाणपत्रको आधारमा विभिन्न सुविधा दिने घोषणा गरेको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै औपचारिक रुपमा नेपालमा रेमिट्यान्स भित्र्याएको आधारमा विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउने घोषणा गरेको हो ।

उक्त सेवा तथा सुविधा दिन राष्ट्र बैंकले सम्बन्धित सरोकारवालासँग समन्यव गर्ने राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताए ।

त्यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेशी मुद्रा सटही सुविधा पाउन अनिवार्य रुपमा बैंक खाता हुनुपर्ने उल्लेख गरेको छ ।

साथै, बैंकिङ भुक्तानी उपकरणमा विद्यमान विभिन्न विद्युतीय तथा डिजिटल कार्डधारकहरूले विदेशी बैंकबाट जारी यस्तै कार्डबाट नेपाली बैंक तथा वित्तिय संस्थाहरूले जारी गरेको कार्डमा विप्रेषण प्राप्त गर्न सक्ने गरी आवश्यक नीतिगत व्यवस्था गरिनेछ ।


क्लिकमान्डु