चालु आर्थिक वर्षलाई विद्युतीय भुक्तानी वर्ष मनाइने



मुलुकमा विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रुपमा मनााउने घोषणा गरेको छ ।

यसको लागि संस्थागत रुपमा समन्वय गर्ने राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले भुक्तानी तथा वित्तीय कारोबारलाई डिजिटाइजेसन गर्दै वित्तीय साक्षरता, वित्तीय पहुँच र वित्तीय समावेशिता अभिवृद्धि गरी वित्तीय दायरा बढाउने नीति लिइने बताए ।

साथै, यस वर्ष इनोभेसन सेन्टर तथा रेगुलटरी स्यान्डबक्स स्थापनासम्बन्धी अध्ययन गरिने घोषणा गरिएको छ ।

साथै, मौद्रिक नीतिले भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमति प्राप्त संस्थाहरु एक आपसमा गाम्भने, गाभिने तथा प्राप्ति गर्ने यस्ता संस्थाहरुमा तोकिएको सीमासम्म वैदेशिक लगानी भित्र्याउने लगायतका अनुमतिसम्बन्धी विद्यमान नीतिगत व्यवस्था पुनरावलोकन गरिने घोषणा गरिएको छ ।

भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरुका लागि साइबर तथा सूचना प्रविधिसम्बन्धी सुरक्षा मार्गदर्शन जारी गरिने राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु