निफ्राको नाफा २२.५३ प्रतिशतले बढ्यो



काठमाडौं । नेपाल इनफ्रास्ट्रक्चर बैंकको नाफा २२.५३ प्रतिशतले बढेको छ ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा कुल ८३ करोड ७१ लाख १० हजार रुपैयाँ नाफ कमाएकोमा गत आवमा भने नाफा बढाएर १ अर्ब २ करोड ६१ लाख रुपैयाँ पुर्याएको छ ।

२१ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ एण्ड सरप्लसमा १ अर्ब ७३ करोड रुपैयाँ छ । बैंकले प्रोभिजनमा २९ करोड ९१ हजार रुपैयाँ राखेको छ ।

बैंकको ब्याज आम्दाानी १ अर्ब ९२ करोड रुपैयाँ छ भने खुद खर्च ४ करोड २२ लाख रुपैयाँ गरी खुद ब्याज आम्दाानी १ अर्ब ८८ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

बैंकको सञ्चालन आम्दानी १ अर्ब ४६ करोड ५७ लाख ७२ हजार रुपैयाँ छ ।

साथै, कस्ट अफ फण्ड ९.४० प्रतिशत, सीडी रेसियो ६६.२० प्रतिशत, बेसिक अर्निङ पर सेयर ४.४७ रहेको छ । त्यसैगरी प्रतिसेयर नेटवर्थ १०८.०४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५०.५२ छ ।


क्लिकमान्डु