प्रधानमन्त्री समक्ष गभर्नरले साँझ ६ बजे मौद्रिक नीतिबारे ब्रिफ गर्ने, शुक्रबार बोर्ड बैठक



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिहीबार बेलुका प्रधानमन्त्री समक्ष मौद्रिक नीतिको ब्रिफ गर्ने भएका छन् ।

बिहीबार बिहान मौद्रिक नीतिको बारेमा गभर्नरले बिफ्र गर्ने तयारी भएपनि प्रधानमन्त्रीको समय अभावको कारण बेलुकालाई सारिएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ६ बजेपछि प्रधानमन्त्रीलाई गभर्नरले भेट्ने तालिका तय भएको छ ।

‘आज साँझका लागि समय मिलेको छ, जसमा मौद्रिक नीतिबारेमा जानकारी गराउने कार्यक्रम तय छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै अहिले अर्थमन्त्रालयको जिम्मा लिएका छन् ।

राष्ट्र बैंकले शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक बोलाएको छ । सञ्चालक समितिलाई ८ बजे बैठक बस्ने भनेर जानकारी राष्ट्र बैंकले पठाएको छ ।

बैंक तथा वित्तीय संस्थामा ऋणयोग्य रकम अभाव भएको बेला कस्तो मौद्रिक नीति आउछ भन्ने निकै चासोका साथ लगानीकर्ताले हेरेका छन् ।

निजी क्षेत्रले कोभिडको बेला दिएको सहुलियतलाई निरन्तरता दिनुपर्ने बताएपनि गभर्नर अधिकारीले सार्वजनिक रुपमा त्यसले निरन्तरता नपाउने बताएका छन् ।

सेयर बजारका लगानीकर्ताले ४/१२ को नीति खारेज गर्नुपर्ने माग गरेका छन् । ४/१२ को नीति खारेज गर्नुपर्ने माग प्रतिनिधिसभाको बैठकमा समेत उठेको छ ।


क्लिकमान्डु