पूर्वअर्थमन्त्री शर्मासँग संसदीय समितिले साेधपुछ गर्दै



काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बुधबार बस्दैछ ।

समितिले बैठकमा पूर्वअर्थमन्त्री शर्मालाई बोलाएर सोधपुछ गर्ने कार्यक्रम छ ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट निर्माणका क्रममा जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेको छ ।

उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । संसदीय छानबिन समिति बनेसँगै शर्माले अर्थमन्त्रीबाट असार २२ गते राजीनामा दिएका थिए ।


क्लिकमान्डु