महँगी ९.१% पुगेपछि अमेरिकी केन्द्रीय बैंकको ब्याजदर बढाउने तयारी



काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बोर्डले ब्याजदर बढाउने तयारी गरेको छ ।

अमेरिकी केन्द्रीय बैंकका गभर्नर क्रिस्टोफर वालरले ०.७५ प्रतिशत विन्दुदेखि १ प्रतिशत बिन्दुसम्मले ब्याजदर बढ्ने संकेत गरेका हुन् ।

सन् १९९० देखि अमेरिकी केन्द्रीय बैंकले १ प्रतिशत बिन्दुले ब्याजदर बढाएको छैन ।

गत जुनमा ३० वर्षपछि उच्च दरमा मुद्रास्फीति बढेपछि बजारमा मुद्राको प्रवाह कम गर्न फेडरल रिजर्भले फेरि ब्याजदर बढाउने तयारी गरेको गरेको ।

फेडरल रिजर्भले गत मार्चमा ०.२५ प्रतिशत र मेमा पनि ०.७५ प्रतिशत बिन्दुले बढाएको थियो । सन् १९९४ पछि पहिलोपटक ०.७५ प्रतिशत बिन्दुले ब्याजदर बढेको थियो ।

हाल अमेरिकाका बैंक रेट १.५२ प्रतिशत रहेको छ । बैंक रेटमा भएको बृद्धिपछि अमेरिकामा कर्जाको ब्याजदर ४.७५ प्रतिशत पुगेको छ ।

कोरोना महामारीका क्रममा अमेरिकी सरकारले दिएको बिभिन्न प्याकेजले बजारमा मुद्रा आप्रवाह वृद्धि हुँदा अमेरिकामा महँगी बढ्दो क्रममा छ । बजारमा मुद्राको आप्रवाह घटाउन फेडले बैंक दर बढाउन लागेको हो ।


क्लिकमान्डु